मैलुङ खोला जलविद्युतको आईपीओ बिक्री खुला

Jul 29, 2021 04:35 AM Merolagani



मैलुङ खोला जलविद्युत कम्पनीले आज (साउन १४ गते) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन ल्याएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकि रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गेरको शेयरमा साउन १८ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा मागअनुसार आवेदन नपरे साउन २८ गतेसम्म म्याद थप हुनेछ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा सनराईज क्यापिटल रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।