एनएलजी इन्स्योरेन्सको मूल्य समायोजन

Jul 29, 2021 07:44 AM Merolagani



साउन १४ गते, बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) को शेयरमूल्य समायोजन गरेको छ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १ हजार १९८ रुपैयाँ १८ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो दिन अर्थात बुधबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार ३१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले साउन २१ गते, बिहीबार आफ्नो रजिष्टार्ड कार्यालय, पानीपोखरीमा १५ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे वेबीनारमार्फत सञ्चालन हुनेछ।

सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० रुपैयाँ छ। १० प्रतिशतका दरले १० करोड ९६ लाख ३७ हजार ५५० रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ पुग्नेछ।

बिहीबार समायोजित मूल्यकै आधारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।