लक्ष्मी इक्विटी फण्डको लाभांश प्राप्त गर्न आजसम्म इकाईधनी बन्नु पर्ने

Jul 29, 2021 08:00 AM Merolagani



लक्ष्मी इक्विटी फण्ड (LEMF) ले वितरण गर्ने लाभांश प्राप्त गर्न आज अर्थात साउन १४ गतेसम्ममा इकाईधनी हुनुपर्नेछ।

फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश वितरण प्रयोजनार्थ फण्डले भोलि अर्थात साउन १५ गते बुकक्लोज गर्नेछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

लक्ष्मी इक्विटी फण्ड लक्ष्मी बैंकद्वारा प्रबद्र्धित तथा लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्ड हो।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।