लक्ष्मी इक्विटी फण्डको लाभांश प्राप्त गर्न आजसम्म इकाईधनी बन्नु पर्ने

Jul 29, 2021 08:00 AM Merolagani



लक्ष्मी इक्विटी फण्ड (LEMF) ले वितरण गर्ने लाभांश प्राप्त गर्न आज अर्थात साउन १४ गतेसम्ममा इकाईधनी हुनुपर्नेछ।

फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश वितरण प्रयोजनार्थ फण्डले भोलि अर्थात साउन १५ गते बुकक्लोज गर्नेछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

लक्ष्मी इक्विटी फण्ड लक्ष्मी बैंकद्वारा प्रबद्र्धित तथा लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्ड हो।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।