प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बिक्री खुला

Jul 29, 2021 08:45 AM Merolagani



प्रिमियर इन्स्योरेन्स कम्पनी (PIC) को करिब साढे ५ लाख कित्ता संस्थापक शेयर लिलामी आएको छ। कम्पनीले आज, साउन १४ गतेदेखि ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रीमा ल्याएको हो।

कम्पनीको लिलामी शेयरको प्रति कित्ता न्यूनतम मूल्य ५०० रुपैयाँ तोकेर बोलपत्र पेश गर्नु पर्नेछ। कम्पनीको लिलामी शेयरमा आवेदन दिन योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले साउन २२ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ।

न्युनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।