प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बिक्री खुला

Jul 29, 2021 08:45 AM Merolagani



प्रिमियर इन्स्योरेन्स कम्पनी (PIC) को करिब साढे ५ लाख कित्ता संस्थापक शेयर लिलामी आएको छ। कम्पनीले आज, साउन १४ गतेदेखि ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रीमा ल्याएको हो।

कम्पनीको लिलामी शेयरको प्रति कित्ता न्यूनतम मूल्य ५०० रुपैयाँ तोकेर बोलपत्र पेश गर्नु पर्नेछ। कम्पनीको लिलामी शेयरमा आवेदन दिन योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले साउन २२ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ।

न्युनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।