आफ्नै स्याटेलाइट राख्न मागिएका सबै प्रस्ताव एनटीएद्धारा रद्द, किन भयो खारेज ?

Jul 29, 2021 12:38 PM merolagani



नेपालको आफ्नै स्याटेलाइट राख्न मागिएका सबै प्रस्ताव नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ । प्राधिकरणले बिहिबार एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी प्रस्ताव रद्द गरेको हो ।

स्याटेलाइट राख्न माग गरिएको कम्पनीहरु मध्ये छनोटमा परेका कुनै पनि कम्पनीले रेस्पोन्स् नगरेपछि खारेज भएको प्राधिरकणले जनाएको छ । प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३ अनुसार सबै प्रस्ताव र खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रिया विभिन्न झन्झटका कारण लामो समयदेखि अलमलमा पर्दै आएको छ ।

प्राधिरकणले यसपटक पनि अघि बढाएको यो प्रक्रिया सफल हुन सकेन । प्राधिकरणले गत मङ्सीरमा पुरानो प्रस्तावलाई खारेज गर्दै भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव जारी गरेको थियो ।

प्राधिकरणको प्रस्ताव अनुसार विभिन्न देशका नौ कम्पनीले आशयपत्र बुझाएकोमा प्राधिकरणले चारवटा कम्पनीलाई छनोट गरेको थियो । जसलाइ प्राविधिक रुपमा योग्य ठहर गर्दै आर्थिक प्रस्ताव समेत माग भएको थियो ।

प्राधिकरणका अनुसार भारतको केपिएमजी इन्सुरेन्स एन्ड कन्सल्टिङ सर्भिस एलएलपी, बेलायतको लन्डन इकोनोमिक्स लिमिटेड, फ्रान्सको युरो कन्सल्ट र संयुक्त अरब इमिरेटसको एसथ्री टेल इन्टरनेशनलले प्रस्ताव पेश गरेका थिए ।

नियामक निकायल प्राधिकरणे नयाँ प्रक्रिया अनुसार स्याटेलाइट राख्ने प्रक्रियालाई निरन्तरता दिने जनाइएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।