आफ्नै स्याटेलाइट राख्न मागिएका सबै प्रस्ताव एनटीएद्धारा रद्द, किन भयो खारेज ?

Jul 29, 2021 12:38 PM merolagani



नेपालको आफ्नै स्याटेलाइट राख्न मागिएका सबै प्रस्ताव नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ । प्राधिकरणले बिहिबार एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी प्रस्ताव रद्द गरेको हो ।

स्याटेलाइट राख्न माग गरिएको कम्पनीहरु मध्ये छनोटमा परेका कुनै पनि कम्पनीले रेस्पोन्स् नगरेपछि खारेज भएको प्राधिरकणले जनाएको छ । प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३ अनुसार सबै प्रस्ताव र खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रिया विभिन्न झन्झटका कारण लामो समयदेखि अलमलमा पर्दै आएको छ ।

प्राधिरकणले यसपटक पनि अघि बढाएको यो प्रक्रिया सफल हुन सकेन । प्राधिकरणले गत मङ्सीरमा पुरानो प्रस्तावलाई खारेज गर्दै भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव जारी गरेको थियो ।

प्राधिकरणको प्रस्ताव अनुसार विभिन्न देशका नौ कम्पनीले आशयपत्र बुझाएकोमा प्राधिकरणले चारवटा कम्पनीलाई छनोट गरेको थियो । जसलाइ प्राविधिक रुपमा योग्य ठहर गर्दै आर्थिक प्रस्ताव समेत माग भएको थियो ।

प्राधिकरणका अनुसार भारतको केपिएमजी इन्सुरेन्स एन्ड कन्सल्टिङ सर्भिस एलएलपी, बेलायतको लन्डन इकोनोमिक्स लिमिटेड, फ्रान्सको युरो कन्सल्ट र संयुक्त अरब इमिरेटसको एसथ्री टेल इन्टरनेशनलले प्रस्ताव पेश गरेका थिए ।

नियामक निकायल प्राधिकरणे नयाँ प्रक्रिया अनुसार स्याटेलाइट राख्ने प्रक्रियालाई निरन्तरता दिने जनाइएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।