सिटिजन्स् बैंकले बिक्रीमा ल्याएको संस्थापक शेयर बिकेन, संस्थापक बाहेकका व्यक्तिले समेत आवेदन गर्न पाउने गरी पुनः बिक्रीमा ल्याइने

Jul 29, 2021 04:28 PM Merolagani

सिटिजन्स् बैंकले बिक्रीमा ल्याएको  ७० हजार कित्ता संस्थापक शेयर बिक्री नभएपछि बैंकले पुनः बिक्रीमा ल्याउने भएको छ।

कम्पनीको संस्थापक शेयरधनी इला शर्माले ७० हजार कित्ता संस्थापक शेयर बिक्री गर्नका लागि बैंकमा निवेदन दिएकी थिइन। सोहि अनुसार बैंकले गत असार ९ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरुबाट ३५ दिनभित्र आवेदन माग गरेको थियो।

कम्पनीले उक्त शेयर बिक्रीमा ल्याएको ३५ दिन वितिसकेको भए पनि शेयर बिक्री हुन नसकेको बैंकले जनाएको छ।

कम्पनीको संस्थापकहरुले उक्त शेयर खरिद गर्न आवेदन नदिएपछि अब बैंकले अन्य व्यक्ति वा संस्थाहरुले समेत आवेदन गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याउने भएको छ।

comments powered by Disqus

अजोड इन्स्योरेन्स लिमिटेडको कम्पनी विश्लेषण

Sep 18, 2021 07:17 PM

यस साताको फ्लोरसिट विश्लेषण गर्दा, मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेको एक कम्पनी हो, अजोड इन्स्योरेन्स लिमिटेड (AIL)।