नक्साल भगवती स्थानमा ट्राफिक संकेत बत्ती जडान गर्न कुमारी बैंकको सहयोग

Jul 30, 2021 04:44 PM Merolagani



कुमारी बैंकले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौं महानगरपालिका वडा नं १, नक्साल भगवती मन्दिर चोकमा जडान गर्न ट्राफिक संकेत बत्ती प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरेको हो ।

उक्त ट्राफिक संकेत बत्तीको हस्तान्तरण पश्चात् बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त रुपमा ट्राफिक संकेत बत्तीको संचालन शुभारम्भ गरेका छन्।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बैंकले ट्राफिक संकेत बत्ती जडानबाट यस क्षेत्रमा यातायात व्यवस्थापनमा सहज भई सवारी चाप घट्ने विश्वास व्यक्त गरे।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।