गत साता नयाँ अलटाइम हाइ रेकर्ड कायम गरेको नेप्सेमा यस साता के होला?

Aug 01, 2021 05:24 AM Merolagani



गत साता नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। गत बुधबार नेप्से ३०९४.९५ विन्दुमा पुगेर नयाँ अलटाइम हाइ बनाएको हो।

गत साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेको थियो। अघिल्लो साता ३००४.३१ विन्दुमा बन्द भएको नेप्से यस साता साढे २ प्रतिशत अर्थात ७५.५२ अंक बढेर ३०७९.८३ विन्दुमा पुगेको छ। साताको अन्तिम कारोबार दिन भने नेप्सेमा सामान्य करेक्सन भइ ३०७९.८३ विन्दुमा झरेको हो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २९०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो बन्द गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। यद्यपि, नेप्से अहिले ३०७५ विन्दुको टेवा क्षेत्रमा रहेका कारण खासै चिन्तित हुनु नपर्ने जानकारहरु बताउँछन्।

नेप्सेसँगै गत साता भोल्यूममा पनि सुधार भएको छ। गत साता दैनिक औषतमा १३ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जससँगै नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ५२.६० प्रतिशत बढी हो।

होटल तथा पर्यटन उपसमूह

कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक गत साता सर्वाधिक ७.८९ प्रतिशत बढेको छ। अघिल्लो साता ३६४६.२२ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता २८७.७५ अंक बढेर ३९३३.९७ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ४२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ३६०० विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी गत साता फराकिलो बन्दै गएको छ। जसले बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण लागि मेराेलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले विश्लेषण गर्नु जरुरी छ।)




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।