सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याउँदा लक्ष्मी लघुवित्तको खुद नाफा उल्लेख्य बढ्यो

Aug 03, 2021 05:06 AM Merolagani



लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सन्तोषजनक सुधार गरेको छ भने सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढेको छ।

असार मसान्तसम्ममा लघुवित्तले १९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९६.०१ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफासँगै सम्भावित जोखिम बापतको व्यवस्थामा छुट्याइएको रकम घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४६.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १९८.७९ प्रतिशत बढेको छ। लघुवित्तले असार मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा ६ करोड ५८ लाख रुपैयाँ छुट्याएको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.७२ प्रतिशत कम हो।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष १०७.८८ प्रतिशत बढेको छ। लघुवित्तको सापटी समीक्षा अवधिमा ४९.४१ प्रतिशत बढेको छ भने निक्षेप ३६.१० प्रतिशत र कर्जा ४५.२७ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३९ रुपैयाँ ९७ पैसा बढेर ६० रुपैयाँ ३६ पैसा कायम भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३७.९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ८३ पैसा रहेको छ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।