विद्युत प्राधिकरणमा पुनः कुलमानलाई नियुक्त गर्ने तयारी, उर्जामन्त्रीले मागिन शाक्यको राजीनामा

Aug 03, 2021 05:03 PM merolagani

प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन्। मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको स्रोतले जनाइएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी छन्।

अब शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी उर्जा मन्त्री भुसालको तयारी रहेको उर्जा मन्त्रालय स्रोतको दाबी छ ।

यदि राजिनमा नदिएको खण्डमा स्पष्टीकरण मार्फत हटाउने सरकारको तयारी छ ।

 

comments powered by Disqus

अजोड इन्स्योरेन्स लिमिटेडको कम्पनी विश्लेषण

Sep 18, 2021 07:17 PM

यस साताको फ्लोरसिट विश्लेषण गर्दा, मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेको एक कम्पनी हो, अजोड इन्स्योरेन्स लिमिटेड (AIL)।