आत्मनिर्भर लघुवित्तले आईपीओ निष्काशन गर्ने

Aug 04, 2021 12:48 PM Merolagani



आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। लघुवित्तले एक लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो।

लघुवित्तले आईपीओ निष्काशनको लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।

उक्त कार्यको लागि कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी र सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर छ।

लघुवित्तले निकट भविष्यमा साधारण शेयर निष्काशन गरिने जनाएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।