बुल मार्केटमा विदेशी लगानी भएका चार बैकको प्रदर्शन सबैभन्दा खराब, सबैभन्दा कम मूल्य बढ्ने कम्पनीमा एसबिआइ

Aug 04, 2021 03:26 PM merolagani



सुवास निरौला

एक वर्ष यता शेयर बजार बुल रनमा छ। एक वर्षको अवधिमा बजारले १७०.७२ प्रतिशतको बढ्दो छलाङ मारिसकेको छ।

१५ असार २०७७ देखि १९ साउन २०७८ सम्ममा बजारले उक्त प्रतिशतको छलाङ मारेको हो। ७७ असारमा ११४९.१८ अंकमा रहेको सूचक ७८ साउन १९ मा ३१११.०९ अंकमा उक्लिएको छ। जुन १९६१.९१ अंकको वृद्धि हो।

एक वर्ष यता बजारले पौने दुई सय प्रतिशतको वृद्धि कायम गर्दै गर्दा विदेशी लगानी भएका चार वाणिज्य बैक भने सबैभन्दा कम शेयर मूल्य बढ्ने कम्पनीमा परेका छन्। समग्र बजारमा उनीहरूले १० देखि ४० प्रतिशत मात्रै वृद्धि कायम गरेका छन्। एक वर्षको अवधिमा सबैभन्दा कम मूल्य बढ्ने कम्पनीमा नेपाल एसबिआइ बैक परेको छ। एक वर्षको अवधिमा उसको जम्मा जम्मी ११.८ प्रतिशत मात्रै मूल्य बढेको छ। उसको मंगलबार सम्म प्रति कित्ता शेयर मूल्य चार सय २५ रुपैयाँ कायम छ।

सबैभन्दा कम मूल्य बढ्ने अर्को वाणिज्य बैकमा स्टान्डर्ड चार्टड देखिएको छ। उसले गएको एक वर्षमा १२ प्रतिशत वृद्धि कायम गरेको छ। मंगलबार उसको प्रति कित्ता मूल्य पाँच सय ९९ सय रुपैयाँ कायम छ। मूल्यका हिसाबले एभरेस्ट बैक र एनएमबिले केही प्रतिशत बढी नै वृद्धि कायम गरे पनि उनीहरूको बजार मूल्य सन्तोषजनक नरहेको लगानीकर्ताहरूको विश्लेषण छ। एभरेस्ट बैकले एक वर्षको अवधिमा ३६.७ प्रतिशतको मूल्य वृद्धि कायम गर्दा एनएमबिले थोरै माथि उक्लँदै ३९.४ प्रतिशतको वृद्धि कायम गर्न सफल देखिएको छ।

यसै पनि यस पटकको बुलमा वाणिज्य बैकहरूको मूल्य सन्तोषजनक देखिएको छैन। त्यसमा पनि विदेशी लगानी भएका चार बैकको शेयर मूल्यमा असाध्यै न्यून देखिएको छ। एक वर्षको मूल्य वृद्धि भएका अरू कम्पनीको तुलनामा उनीहरूको वृद्धि कम देखिएको हो। गएको एक वर्षमा सूचिकृत कम्पनीको मूल्य ११.८ प्रतिशत देखी ९८७.७ प्रतिशत सम्म बढेका छन्। सबैभन्दा कम मूल्य बढ्नेमा एसबिआइ परेको छ भने सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीमा गोर्खा फाइनान्स देखिएको छ।

चार वाणिज्य बैकको मूल्य बढ्न नसक्नुमा कोभिडको असर र त्यसको प्रभावले गर्दा उनीहरूको नाफाको वृद्धि दर घट्दै गएका कारण उनीहरूको मूल्य नबढेको विश्लेषण गरिएको छ। “गत वर्षको भएको नाफाको आधारमा उनीहरूको नाफा थोरै वृद्धि दर घटेको देखिएको छ। विदेशी मुद्रासँग सम्बन्धित व्यवसायमा उनीहरूको बढी लगानी हुने गर्थ्यो। उनीहरूले कोर इन्टरनल बैकिङ बिजनेस भन्दा पनि अन्यबाट उनीहरूको नाफा बढी हुने गर्थ्यो। जुन बिजनेसहरूलाई कोभिडले असर गर्‍यो। जसले गर्दा पनि उनीहरूको नाफाको वृद्धि दर घटेको हो। जसका कारण पनि लगानीकर्ताहरूले ती बैकहरूको शेयर खरिद बिक्रीमा चाप बढाउँदा शेयर मूल्य बढ्न नसकेको हो” अधिवक्ता तथा शेयर बजारका जानकार अमृत खरेलले मेरो लगानीसँग भने।

हुन त यो वर्षको बुल कम्पनी वाइज भन्दा पनि सेक्टर वाइज देखिएको छ। गएको एक वर्षमा लगानीकर्ताले सबैभन्दा बढी जलविद्युत क्षेत्रका कम्पनीमा पैसा खन्याएका छन्। सबैभन्दा धेरै मूल्य बढ्ने १५ कम्पनीको सूचिमा १३ कम्पनी जलविद्युतका छन् भने दुई फाइनान्स रहेका छन्। मूल्य वृद्धिका हिसाबले सूचिकृत १३२ कम्पनीमा ११९ कम्पनीको मूल्य सत प्रतिशत बढेका छन्। मूल्य बढ्ने सेक्टरमा सबैभन्दा कम मूल्य बढ्ने सेक्टर वाणिज्य बैक छ। हरेक दिन वाणिज्य बैक मूल्यका हिसाबले पुछारतिर धकेलिँदै जान थालेका छन्। वाणिज्य बैकको तुलनामा फाइनान्स र विकास बैक अघि देखिन थालेका छन्।  

तल हेर्नुहोस् गएको एक वर्षमा कुन कम्पनीको मूल्य कति बढ्यो





सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।