एफएनसीसीआईद्वारा सीएनआईका नवनिर्वाचित पदाधिकारीको स्वागत, संस्थागत सहकार्यमा जोड

Aug 04, 2021 03:16 PM Merolagani



मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा एजेण्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ(सीएनआई)का पदाधिकारीहरूले सो कुरामा जोड दिएका हुन ।

महासंघले सीएनआईका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा मंगलबार महासंघ सचिवालयमा स्वागत कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले सीआनआईका पदाधिकारीहरूको स्वागत गर्दै कार्यगत एकताको प्रस्ताव राखेका थिए ।

निजी क्षेत्रको प्रवद्र्धनका लागि काम गर्न अपरिहार्य भएकाले दुवै संस्था बीच साझा एजेण्डा तय गरेर अगाडी जानुपर्नेमा सो अवसरमा जोड दिइयो । त्यसका लागि एउटा स्थायी प्रकृतिको संयन्त्र नै निर्माण गरेर जान सकिने धारणा व्यक्त गरियो । यसका लागि छिट्टै संस्थागत सहकार्यलाई औपचारिकता दिनुपर्नेमा पनि सहमती जनाइयो ।

कोरोना महामारिबाट मुलुुकको अर्थतन्त्र उद्योग व्यवसाय कमजोर बनेका समयमा श्रमिक कामदारको तलवको विषय, कृषिमा विदेशी लगानी, बन्द हड्ताल लगायतका इस्यूमा भएका सहकार्यबाट निकै ठूलो सफलता प्राप्त भएकाले आगामी दिनमा पनि प्राथमिकता तय गरी जानु पर्नेमा जोड दिइयो ।

सो अवसरमा सीएनआईका नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारीहरूको स्वागत गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले सीएनआईको नयाँ नेतृत्वसँग सहकार्य गर्न महासंघ तत्पर रहेको बताए । सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल निर्माण हामी सवैको साझा चासो भएकाले हामीले आर्थिक एजेण्डामा बलियो सहकार्य गर्नुपर्नेमा जोड दिए ।

‘दुवै संस्थाको स्ट्रेन्थबाट थुप्रै कार्य गर्न सक्छौं,’ अध्यक्ष गोल्छाले भने ‘हामीले आउने दिनमा अझ बढी सहकार्यका हातहरू अगाडि बढाउनै पर्छ । मुलुकको अर्थतन्त्रको विस्तार, रोजगारी अभिवृद्धि, आर्थिक विकास दोहोरो अंकमा लैजाने र व्यापार घाटा आधा कटौती गर्ने मुख्य लक्ष्यका साथ महासंघले अगाडि सारेको नेट २०३० र सीएनआईले अगाडी बढाएको मेक इन नेपाल अभियानलाई कहा र कसरी सहकार्यका साथ काम गर्न सकिन्छ पहल गरौं ।

सीएनआईका नवनिर्वाचित अध्यक्ष विष्णुु कुमार अग्रवालले संस्थागत सहकार्यका लागि महासंघले राखेको प्रस्तावमा सहकार्य गर्न सीएनआई तयार रहेको विश्वास दिलाए । अध्यक्ष अग्रवालले निजी क्षेत्र बीच संस्थागत सहकार्य र कार्यगत एकतामा जोड दिंदै अगाडि भने-अबका दिनमा हाम्रा प्राथमिकताका क्षेत्रहरू पहिचान गरेर अगाडी बढ्नै पर्छ । निजी क्षेत्रको स्ट्रेन्थ देखाउन पनि सहकार्य बाहेक अर्को केही नहुने बताए । साथै उनले नवनिर्वाचित टिमको सम्मानमा महासंघले स्वागत कार्यक्रम आयोजना गरेकोमा धन्यवाद समेत दिए ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुुकुुन्तलाल हिराचन, सीएनआइका उपाध्यक्षहरू कृष्ण प्रसाद अधिकारी, राजेश कुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राज बहादुर शाह र हेमराज ढकालले अर्थतन्त्रको करिव ७० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्र माथि अहिले पनि पुरानै मानसिकताबाट हेर्ने दृष्टिकोण रहेकाले यसमा आमुल परिवर्तन आवश्यक रहेको बताए ।

आउँदा दिनमा अर्थतन्त्रका अगाडि निकै ठूला चुनौतीहरू आउने सम्भावना रहेकाले त्यसका लागि सिंगो निजी क्षेत्रलाई एक बनाएर लैजानुपर्नेमा पनि उनीहरूले जोड दिए । कोभिडको सुनामीबाट उद्योग व्यवसायलाई जोगाउन निजी क्षेत्र बीच बलियो सहकार्य र कार्यगत एकता अपरिहार्य रहेकोमा पनि जोड दिइयो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।