निषेधाज्ञा खुलेसँगै बढे कोरोना संक्रमित, बुधबार ४१ सय कोरोना संक्रमित थपिदा ३५ जनाको मृत्यु

Aug 04, 2021 04:42 PM merolagani

पछिल्लो २४ घण्टामा मात्रै ४१ सय सात जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५, एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त हुँदा मृत्यु ३५ जनाको मृत्यु भएको छ ।

हालसम्म ३९ लाख बढीको कोरोना परीक्षण भएकामा ७ लाख ६७ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ६ लाख ६१ हजार ६५१ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ ।

त्यस्तै काठमाडौ उपत्यकामा गत २४ घण्टामा १२ सय ७९ जना कोरोना संक्रमित पुष्टि भएको स्वास्थ मन्त्रालयले जनाएको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।