ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा

Aug 05, 2021 08:01 AM merolagani



ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्ला ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटीमा नयाँ शाखा सुरु गरेको छ ।

त्यस्तै भक्तपुरको गठ्ठाघर एव्म धादिङ धादिङबेसी स्थित बिच बजारमागरी एकैसाथ सात नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ ।

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।