एनआइबिएल प्रगति र समृद्धि फन्ड–१ को बुक क्लोज मिति तय

Aug 05, 2021 09:41 AM Merolagani



एनआइबिएल एस क्यापिलको व्यवस्थापनमा सञ्चालित एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड–१ को लाभांश वितरण प्रयाेजनार्थ बुक क्लोज मिति तय गरेकाे छ।

क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि दुवै फण्डको साउन २९ गते बुक क्लोज गर्ने भएको छ। दुवै फण्डको प्रस्तावित लाभांश प्राप्त गर्न इच्छुक लगानीकर्ता साउन २८ गतेसम्म इकाईधनी बनिसक्नु पर्ने हुन्छ।

एनआइबिएल प्रगति फण्डले करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ भने एनआइबिएल समृद्धि फण्ड–१ ले पनि करसहित ३५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियाे।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।