एनआइबिएल प्रगति र समृद्धि फन्ड–१ को बुक क्लोज मिति तय

Aug 05, 2021 09:41 AM Merolagani



एनआइबिएल एस क्यापिलको व्यवस्थापनमा सञ्चालित एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड–१ को लाभांश वितरण प्रयाेजनार्थ बुक क्लोज मिति तय गरेकाे छ।

क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि दुवै फण्डको साउन २९ गते बुक क्लोज गर्ने भएको छ। दुवै फण्डको प्रस्तावित लाभांश प्राप्त गर्न इच्छुक लगानीकर्ता साउन २८ गतेसम्म इकाईधनी बनिसक्नु पर्ने हुन्छ।

एनआइबिएल प्रगति फण्डले करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ भने एनआइबिएल समृद्धि फण्ड–१ ले पनि करसहित ३५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियाे।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।