कपिलवस्तुको तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

Aug 05, 2021 06:07 PM Merolagani



सिभिल बैंकले कपिलवस्तु तौलिहवा वडा नं ०१, को करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसंग गर्न सक्नेछन ।

करिव छ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १० एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ६ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै बंैकको हालसम्म ८६ एटियम रहेका छन् ।

बैंकले हालसम्म करीव ९० अर्व भन्दा बढी निक्षेप परिचालन गरी ८३ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।