कपिलवस्तुको तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

Aug 05, 2021 06:07 PM Merolagani



सिभिल बैंकले कपिलवस्तु तौलिहवा वडा नं ०१, को करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसंग गर्न सक्नेछन ।

करिव छ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १० एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ६ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै बंैकको हालसम्म ८६ एटियम रहेका छन् ।

बैंकले हालसम्म करीव ९० अर्व भन्दा बढी निक्षेप परिचालन गरी ८३ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।