गत साता नयाँ अलटाइम हाइ रेकर्ड बनाएको नेप्सेमा यस साता के होला?

Aug 08, 2021 05:59 AM Merolagani



गत साता नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। गत साताको बुधबार नेप्से परिसूचक ३१२३.१५ विन्दुमा पुगेर नयाँ अलटाइम हाइ क्लोजिङ्ग विन्दुको रेकर्ड बनाएको थियो।

साताको अन्तिम कारोबार दिन भने नेप्सेमा १६ अंकको करेक्सन भएर ३१०७.४५ विन्दुमा बन्द भएको थियो।

यस अनुसार यस साता यस साता नेप्से परिसूचक उकालो लागेमा ३३०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा भने २९०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमएबीचको दूरी फराकिलो बन्दै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

गत साता नेप्सेसँगै भोल्यूम पनि बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १२ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम १० अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम १८.९८ प्रतिशत बढी हो।

विकास बैंक उपसमूह

गत साता विकास बैंक उपसमूहको परिसूचक २.६६ प्रतिशत बढेको छ। अघिल्लो साता ४८९१.३१ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता १३०.०१ अंक बढेर ५०२१.३२ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता विकास बैंक उपसमूहको परिसूचक उकालो लागेमा ५४०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, यस उपसमूहको परिसूचक ओरालो लागेमा ४६०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो बन्दै गएको छ। यसले बजारमा विकास बैंकमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।