इन्फिनिटी र नेपाल एग्रो लघुवित्तले एकीकृत कारोबार गर्दै

Aug 08, 2021 10:42 AM Merolagani



इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक्वायर (प्राप्ती) गरेपछि भदौ ४ गते दिने एकीकृत कारोबार शुरु गर्ने भएको छ।

इन्फिनिटीले नेपाल एग्रो लाघुवित्तलाई प्राप्ती गर्ने सम्बन्धमा साउन १५ गते नेपाल राष्ट्र बैंक मार्फत अन्तिम स्वीकृती पाएको थियो। नेपाल एग्रोलाई इन्फिनिटीले १०० बराबर ९८ को शेयर आदान प्रदान अनुपातमा प्राप्त गरेको हो।

असार २१ गते बसेको दुवै संस्थाको विशेष साधारणले साे अनुपात प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो। जस अनुसार अब नेपाल एग्रो लघुवित्तका शेयरधनीले १०० कित्ता शेयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर प्राप्त गर्नेछन्।

एकीकृत कारोबार गर्नको लागि दुबै संस्थाको तथ्यांकलाई एउटै सफ्वेरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनको लागि भदौ ३ गते बिहीबार एक दिनको लागि नेपाल एग्रो लघुवित्तको सम्पूर्ण काराबार बन्द रहने भएको छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।