इन्फिनिटी र नेपाल एग्रो लघुवित्तले एकीकृत कारोबार गर्दै

Aug 08, 2021 10:42 AM Merolagani



इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक्वायर (प्राप्ती) गरेपछि भदौ ४ गते दिने एकीकृत कारोबार शुरु गर्ने भएको छ।

इन्फिनिटीले नेपाल एग्रो लाघुवित्तलाई प्राप्ती गर्ने सम्बन्धमा साउन १५ गते नेपाल राष्ट्र बैंक मार्फत अन्तिम स्वीकृती पाएको थियो। नेपाल एग्रोलाई इन्फिनिटीले १०० बराबर ९८ को शेयर आदान प्रदान अनुपातमा प्राप्त गरेको हो।

असार २१ गते बसेको दुवै संस्थाको विशेष साधारणले साे अनुपात प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो। जस अनुसार अब नेपाल एग्रो लघुवित्तका शेयरधनीले १०० कित्ता शेयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर प्राप्त गर्नेछन्।

एकीकृत कारोबार गर्नको लागि दुबै संस्थाको तथ्यांकलाई एउटै सफ्वेरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनको लागि भदौ ३ गते बिहीबार एक दिनको लागि नेपाल एग्रो लघुवित्तको सम्पूर्ण काराबार बन्द रहने भएको छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।