उत्साहजनक ब्रेक लिनुहोस्
आफ्नो ब्रेक समयलाई त्यही कम्प्यूटरमा विभिन्न वेबसाइट हेरेर बिताउनुको सट्टा, त्यसलाई उत्साहजन रुपमा बिताउने कोशिस गर्नुहोस् जसले तपाईलाई रिफ्रेस गरोस्। ब्रेकले तपाईको उत्पादकत्व बढाउन मद्दत गर्दछ। किअन्डर एक कप चिया बनाउन अथवा एक खाजा बनाउन, बाहिर ताजा हावा खान बाहिर जाने, सहकर्मीहरुसँग काम बाहेकका कुरा गर्ने जस्ता कार्यहरु गर्नुहोस्।
चेक लिस्ट
हामी सबैलाई थाहा छ चेक लिस्ट के हो भन्ने, तर किअन्डर चेक लिस्ट दुई प्रकारको हुने बताउँछन्। तपाई आफ्नो लिस्ट प्रभावकारी बनाउनका लागि लेख्दा कुन प्रकृया प्रयोग गर्दै हुनुहुन्छ, त्यो थाहा पाउन जरुरी छ।
पढ–गरः यो एक रिसिपी जस्तो भएको किअन्डर बताउँछन्। तपाई आफ्नो लिस्टको कार्य पढ्नुहुन्छ र अर्को कार्य गर्नुभन्दा अगाडि त्यसलाई सम्पन्न गर्न अगाडि बढ्नुहुन्छ।
गर–निश्चित गरः यो चेक लिस्टमा अरुभन्दा केही फरक छ, यसका लागि सम्झनाबाट कार्य गर्न आवश्यक छ, र त्यसलाई सही तरिकाले गरेको हो कि होइन भन्ने निश्चित गर्नुपर्छ।
किअन्डर आफ्नो लिस्टलाई अध्यावधिक राख्न र त्यसलाई समय अनुसार परिवर्तन गर्न सुझाव दिन्छन्। जति सक्छ त्यति चेक गर्नुहोस्।
प्रि हलिडे
हलिडे अर्थात छुट्टीका दिनहरुको हामी सबैलाई प्रतिक्षा हुन्छ, तर छुट्टीपछि काममा फर्किन एकदम भयानक लाग्छ। यो भयानकतालाई कम गर्न, छुट्टीमा जानुभन्दा अघि आफ्नो कार्यस्थलको ‘भर्चुअल स्न्यापसट’ लिन किअन्डर सुझाउँछन्। यसले तपाईलाई आफ्नो स्मृतिलाई रिफ्रेस गर्न र आफुले जहाँ छोड्नु भएको हो त्यहाँबाट सामान्य तरिकाले शुरु गर्न मद्दत गर्दछ।
कार्यमा नियन्त्रण
सर्वप्रथम किअन्डर एक समयमा एक तिर मात्र केन्द्रित हुन सुझाव दिन्छन्। जब कुनै ठूलो कार्यको सामना गर्नु पर्ने हुन्छ, तब त्यसलाई स–साना भागमा टुक्राउनुहोस्। त्यसपछि तपाई एकपछि अर्को कार्यमा केन्द्रित हुन सक्नुहुनेछ र आफुलाई आफ्नो लक्ष्यतर्फ अघि बढिरहेको देख्न सक्नु हुनेछ। आफ्ना सबै कार्यहरुको कार्यान्वयन योजना छ भन्ने निश्चित गर्नुहोस् र जब तपाई त्यसमा केन्द्रित हुनुहुनेछ, अन्य कुरालाई बेवास्ता गर्नुहोस्।
किअन्डर आवश्यकता परेको बेला ‘नाइ’ भन्नुको महत्वलाई पनि हाइलाइट गर्छन्। कहिलेकाहीँ, तपाईसँग यति धेरै हुन्छ कि त्योभन्दा बढी स्वीकार्दा आफ्नो कुनै पनि कार्यलाई छिटो गर्न सकिन्न। तपाईको आफ्नै कार्य धेरै भइरहेको बेला अरु कसैले केही गर्न भन्छन् भने त्यतिबेला त्यो व्यक्तिलाई आफ्नो परिस्थिति सम्झाउन र आफु कुन समयमा उपलब्ध हुन सकिन्छ त्यो बुझाउन किअन्डर सुझाउछन्। यसले तिनीहरुको अपेक्षा कायम नै रहनुका साथै आफुलाई धेरै भार पनि पर्दैन।
किअन्डर आफ्नो समयको बारेमा निराशावादी हुनुपर्ने बताउँछन्, त्यसैले, यति तपाईले चाँडै कार्य सम्पन्न गर्नु भयो भने एकदम राम्रो। तपाईले अरु कुनै कार्य गर्न सक्नुहुन्छ। तर, यदि तपाई आशावादी हुनुहुन्छ भने तपाई समय धेरै लगाउनु हुन्छ र अन्त्यमा तपाईलाई तनाव बाहेक केही दिँदैन।
आफ्नो कम्प्यूटरलाई बुझ्नुहोस्
यदि तपाई आफ्नो कम्प्यूटरलाई सही तरिकाले प्रयोग गर्नुहुन्छ भने यो एकदम उपयोगी वस्तु हो। सर्टकट कि प्रयोग गर्नाले धेरै समय बच्न सक्छ। आफुले चलाउने प्रोग्रामको भित्र बाहिर सबै राम्रोसँग सिक्नुहोस् र आफुले प्रायः खोल्ने वेबसाइटहरुलाई बुकमार्क गर्नुहोस्। यी कुराहरु साना लाग्न सक्छन् तर यसले तपाईको समय बचाउन सहयोग गर्दछ।
अर्को गर्नुपर्ने उपयोगी कार्य भनेको आफ्नो कार्यका लागि लाग्ने समय पत्ता लगाउनु हो। किअन्डर केही दिनका लागि यसो गर्न सुझाउछन् र यसले तपाईले आफ्नो दिन कसरी बिताउनु हुन्छ भन्ने कुरा बुझ्न मद्दत गर्दछ। तपाईले केही प्याटर्न ख्याल गर्न सक्नुहुन्छ र त्यसले तपाईको बानी सुधार्न सक्नुहुन्छ। आफ्ना कमजोरीहरुको पहिचान गर्नुहोस् र बलिया पक्षहरु बनाउदै जानुहोस्।
निष्कर्ष
प्रमुख कुरा
- बिहान चाँडै उठ्ने कोशिस गर्नुहोस् र आफ्नो दिनलाई सही तरिकाले शुरु गर्नुहोस्।
- आफ्नो दिनलाई साना ब्रेक अवधिसहित सहि तरिकाले अनुसुचित गर्ने उत्कृष्ट तरिका पत्ता लगाउनुहोस्।
- आफ्नो ब्रेकलाई ताजा हावा अथवा स्वस्थ्य स्न्याक लिई फाइदामुलक रुपमा प्रयोग गर्नुहोस्। यसले तपाईलाई रिफ्रेस गर्न र स्फुर्ति दिन मद्दत गर्दछ।
- ध्यान भड्काउने कुराहरुबाट टाढा हुनुहोस्, आफ्नो इमेल, दिनमा २ या ३ पटक मात्र चेक गर्नुहोस् र सबै नोटिफिकेसनलाई बन्द गर्नुहोस्।
- उस्ताउस्तै कार्यहरुलाई ब्याच गर्नुहोस्।
- आफ्नो कार्यहरुलाई महत्वका आधारमा व्यवस्थित गर्नुहोस् र ति कामलाई पहिला सम्पन्न गर्नुहोस्।
- कुनै मिटिङ्ग आयोजना गर्नुभन्दा अगाडि यो सबैलाई उपयोगी छ कि छैन हेर्नुहोस्।
- प्रतिनिधि चयन गर्दा ध्यान पुर्याउनुहोस् र आफ्नो फाइदाको लागि प्रयोग गर्नुहोस्।
- आफ्नो कार्यलाई टुक्राउन र त्यसलाई नियन्त्रण गर्न सिक्नुहोस् र धेरै कार्य नगर्नुहोस्।
कार्यान्वयन कदम
हप्ताका सबै दिनमा आफ्नो अर्लाम १५ मिनेटभन्दा अघि गर्नुहोस् र हेर्नुहोस् कस्तो महसुस हुन्छ हेर्नुहोस्। प्राप्त भएको अतिरिक्त समयलाई आफ्नो लागि व्यायाम, ध्यान अथवा पढाई जस्ता कार्यमा खर्च गर्नुहोस्।
यस पुस्तकमा भएका टिप्सहरुमध्ये महत्वपूर्ण टिप्स भनेको आफ्नो इमेललाई ब्याच गर्नु र दिनमा २–३ पटक मात्र चेक गर्नु हो। यसलाई केही हप्ता निरन्तरता दिनुहोस् र कति उत्पादक हुन्छ हेर्नुहोस्।
किअन्डरले सुझाएका नयाँ तालिका र ब्रेकहरु अभ्यास गर्नुहोस् र काम ब्रेकको कुन अनुपात आफ्नो लागि उपयुक्त हुन्छ हेर्नुहोस् र कार्यान्वयन गर्नुहोस्।