सगरमाथा र हिमालयन जनरल इन्स्योरेन्स मर्ज हुने तयारीमा, मर्जर पछि नेपालकै ठूलो निर्जीवन बीमा कम्पनी बन्ने

Aug 12, 2021 10:03 AM Merolagani



सगरमाथा इन्स्योरेन्स (SIC) र हिमालयन जनरल इन्स्योरेन्सबीचको मर्जर अन्तिम अवस्थामा पुगेका छ। एक कम्पनीका उच्च अधिकारीले दुबै कम्पनीबीच मजर्रमा जाने प्रारम्भिक सम्झौता भएको मेरोलगानीलाई जानकारी गराएका छन्।

यद्यपि, मर्जरमा जानेबारे औपचारिक रुपमा सूचना भने सार्वजनिक भएको छैन।

मेरोलगानीलाई स्रोतले भन्यो, ‘दुबै कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। छिटै औपचारिक रुपमा सूचना सर्वजनिक गर्दैछौ।’

हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब १८ करोड ३६ लाख रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ।

दुई कम्पनीबीच मर्जर भएपश्चात नेपालकै ठूलो निर्जीवन बीमा कम्पनी बन्नेछ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।