सगरमाथा र हिमालयन जनरल इन्स्योरेन्स मर्ज हुने तयारीमा, मर्जर पछि नेपालकै ठूलो निर्जीवन बीमा कम्पनी बन्ने

Aug 12, 2021 10:03 AM Merolagani



सगरमाथा इन्स्योरेन्स (SIC) र हिमालयन जनरल इन्स्योरेन्सबीचको मर्जर अन्तिम अवस्थामा पुगेका छ। एक कम्पनीका उच्च अधिकारीले दुबै कम्पनीबीच मजर्रमा जाने प्रारम्भिक सम्झौता भएको मेरोलगानीलाई जानकारी गराएका छन्।

यद्यपि, मर्जरमा जानेबारे औपचारिक रुपमा सूचना भने सार्वजनिक भएको छैन।

मेरोलगानीलाई स्रोतले भन्यो, ‘दुबै कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। छिटै औपचारिक रुपमा सूचना सर्वजनिक गर्दैछौ।’

हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब १८ करोड ३६ लाख रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ।

दुई कम्पनीबीच मर्जर भएपश्चात नेपालकै ठूलो निर्जीवन बीमा कम्पनी बन्नेछ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।