मेगा म्युचुअल फण्ड १ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

Aug 26, 2021 08:02 AM Merolagani



मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने मेगा म्युचुअल फण्ड १ को इकाईका लागि आवेदन दिने आज (भदौ १० गते) अन्तिम दिन रहेको छ।

मेगा क्यापिटल मार्केट्स लिमिटेडले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेको सो फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई भदौ ४ गतेदेखि बिक्रीमा ल्याएको थियो।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

मेगा क्यापिटल मार्केट्स मेगा बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।