गोर्खाज फाइनान्सको साधारण सभा आव्हान

Aug 26, 2021 08:59 AM Merolagani



गोर्खाज फाइनान्स लिमिटेड (GUFL) ले भदौ २४ गते बिहीबार छब्बीसौँ वार्षिक साधारण सभा डाकेको छ। फाइनान्सले होटल क्राउन इम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजे सो सभा डाकेको हो।

सभाले प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले बैशाख ६ गतेदेखि २१ गतेसम्म बुकक्लोज गरेको थियो। यस अनुसार बैशाख ५ गतेसम्म नेप्सेमा कारोबार कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।