२४ घण्टामा २ हजार ५२ जनामा कोराेना संक्रमण, तीन हजारले जिते कोरोना

Sep 01, 2021 06:06 PM Merolagani



पछिल्लो २४ घण्टामा थप दुई हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार १०,६१२ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार ६४८ जना र चार हजार ३२३ एन्टिजेन परीक्षणमा ४०४ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

बुधबारको कुल संक्रमितहरुमध्ये काठमाडौं उपत्यकाका मात्रै ७१९ जना छन् । जसमा काठमाडौंका ४७१, भक्तपुरका १४६ र ललितपुरका १०२ जनामा संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ३० जनाले कोरोना जितेको र यस अवधिमा कुनै एक जनाले पनि कोरोनाका कारण ज्यान नगुमाएकाे मन्त्रालयको भनाईछ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।