२४ घण्टामा २ हजार ५२ जनामा कोराेना संक्रमण, तीन हजारले जिते कोरोना

Sep 01, 2021 06:06 PM Merolagani



पछिल्लो २४ घण्टामा थप दुई हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार १०,६१२ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार ६४८ जना र चार हजार ३२३ एन्टिजेन परीक्षणमा ४०४ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

बुधबारको कुल संक्रमितहरुमध्ये काठमाडौं उपत्यकाका मात्रै ७१९ जना छन् । जसमा काठमाडौंका ४७१, भक्तपुरका १४६ र ललितपुरका १०२ जनामा संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ३० जनाले कोरोना जितेको र यस अवधिमा कुनै एक जनाले पनि कोरोनाका कारण ज्यान नगुमाएकाे मन्त्रालयको भनाईछ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।