‘एनएमबि सरल बचत फण्ड-ई’ को इकाईका लागि आजदेखि आवेदन दिन सकिने

Sep 02, 2021 07:53 AM Merolagani



एनएमबि क्यापिटल लिमिटेडले आज (भदौ १७ गते) देखि खुलामुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ। क्यापिटलले ‘एनएमबि सरल बचत फण्ड-ई’ निष्काशनमा ल्याएको हो।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।

निष्काशन गरिएको कुल इकाईमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा बिक्री खुला गरेको हो। त्यसैगरी, कूल इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ। बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डको इकाईमा भदौ २१ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा भदौ ३१ गतेसम्म आवेदन म्याद थप गरिनेछ।

यस खुलामुखी फण्डको इकाईमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईका लागि आवेदन दिन सकिनेछ। धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।