बिहीबार देशभरमा २,००४ जनामा कोभिड १९ पुष्टि, १६ जनाको मृत्यु

Sep 02, 2021 05:27 PM Merolagani



बिहीबार देशभरमा दुई हजार चार जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यसै अवधिमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज एक हजार ८४६ जना संक्रमणमुक्त भएका छन् । आज थपिएका संक्रमितमध्ये काठमाडौंका ५४१ जना, ललितपुरका १५२ जना र भक्तपुरका १०० जना हुन् ।

 

हाल नेपालमा सक्रिय संक्रमितको कुल संख्या ३३ हजार ९४६ रहेको छ ।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।