आइपीओको तयारीमा रहेको अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा

Sep 02, 2021 05:58 PM MeroLagani



अर्घाखाँची सिमेन्ट लिमिटेडद्धारा उत्पादन भइरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई बिहीबार ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

‘हालसम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणी करणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउने छ,’ कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए ।

गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आइपीओमा जाने तयारी सुरु गरिसकेको छ । ‘सर्वसाधारणको लागि सेयर खुलाउने विषयमा तयारी अगाडी बढाइरहेका छाैं’, –कम्पनीका प्रमुख बित्त अधिकृत राजु पौडेलले बताए, ‘अहिले मिति तोक्न नसके पनि अर्को आर्थिक वर्ष भित्र सर्वसाधारणलाई शेयर जारी गरि सक्ने गरी काम अगाडी बढाइरहेका छाैं ।”

२०७५ सालदेखि कुल उत्पादन क्षमतालाई बढाएर प्रतिवर्ष १० लाख टन पु¥याएको यस कम्पनीले आर्थिक वर्ष २०७७–७८ मा लकडाउनका बाबजुद १८ प्रतिशतले बिक्री बढाउन सफल भएको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।