आइपीओको तयारीमा रहेको अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा

Sep 02, 2021 05:58 PM MeroLagani

अर्घाखाँची सिमेन्ट लिमिटेडद्धारा उत्पादन भइरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई बिहीबार ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

‘हालसम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणी करणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउने छ,’ कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए ।

गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आइपीओमा जाने तयारी सुरु गरिसकेको छ । ‘सर्वसाधारणको लागि सेयर खुलाउने विषयमा तयारी अगाडी बढाइरहेका छाैं’, –कम्पनीका प्रमुख बित्त अधिकृत राजु पौडेलले बताए, ‘अहिले मिति तोक्न नसके पनि अर्को आर्थिक वर्ष भित्र सर्वसाधारणलाई शेयर जारी गरि सक्ने गरी काम अगाडी बढाइरहेका छाैं ।”

२०७५ सालदेखि कुल उत्पादन क्षमतालाई बढाएर प्रतिवर्ष १० लाख टन पु¥याएको यस कम्पनीले आर्थिक वर्ष २०७७–७८ मा लकडाउनका बाबजुद १८ प्रतिशतले बिक्री बढाउन सफल भएको छ ।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, साधारण सभा कहिले?

Dec 04, 2023 09:57 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।