दराज लाइभकाे अनलाइन शपिंग गर्नु अघि प्रत्यक्ष प्रशारण हेर्ने मौका

Sep 03, 2021 12:52 PM Merolagani



दराजले दक्षिण एशियाको पहिलो शपयोग्य लाइभ स्ट्रिम “दराज लाइभ” शुरु भएको घोषणा गरेको छ। दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ, दराजको “शपरटेन्मेन्ट“ रणनीतिको एक भागको रूपमा पेश गरीएको हाे।

यस मार्फत ग्राहकहरुको लागी पारस्परिक, वास्तविक अनुभव दिलाउनको लागि खुद्रा बिक्री र मनोरञ्जनको समिश्रणमा ध्यान केन्द्रित हुनेछ जहाँ ग्राहकहरु घरै बसी ब्राण्ड, उत्पादनहरुको विस्तृत जानकारी पाउन सक्नेछन्।

दराज लाइभ स्ट्रीम दराज मोबाइल एपको माध्यमबाट हरेक सोमबारदेखि शुक्रबारसम्म दिनमा तीन फरक समयावधिमा आयोजना गरिनेछ। ग्राहकहरुले दिनमा १२, ४ र ६ बजे दराज एप मार्फत लाइभ हेर्न पाउनेछन्।

दराज लाइभ सामाजिक मिडिया लाइभ स्ट्रिममा हुने प्रत्यक्ष प्रसारणभन्दा अलि फरक र पृथक हुनेछ र ग्राहकहरुको लागि एक धेरै सहज र अन्तरक्रियात्मक “सी नाउ बाई नाउ” को अवधारणा पेस गर्नेछ। दराज लाइभ मार्फत ग्राहकहरुले किनमेलको साथसाथै सामानहरूको विस्तृत जानकारी र मनोरञ्जनात्मक कार्यक्रमको अनुभव प्राप्त गर्नेछन्।

विशेष सौदा, थुप्रै उत्पादनहरुको प्रदर्शन, क्यु एण्ड ए, फ्ल्याश सेल्स, अन्बक्सिंग, गिवअवे देखि भाउचर जित्ने मौका जस्तै अरु थुप्रै मौकाहरु ग्राहकहरुले दराज लाइभ मार्फत मज्जा लिन सक्ने दराजले जनाएकाे छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।