शुक्रबार १,७५६ जना कोरोना संक्रमित थपिए, ज्यान गुमाउनेको संख्या २३

Sep 03, 2021 04:55 PM Merolagani



शुक्रबार नेपालमा थप एक हजार ७५६ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा भएको कुल १४ हजार ३३४ नमुना परीक्षणमध्ये ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ३५७ जनामा र चार हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार एक दिनमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको पनि मन्त्रालयको तथ्यांकले देखाउँछ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ४६७ जना, भक्तपुरका ७१ जना र ललितपुरका १२९ जना छन् । २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने दुई हजार २७४ रहेको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।