कामना सेवा विकास बैंकको कम्पनी विश्लेषण

Sep 04, 2021 08:05 PM Merolagani



गत आर्थिक वर्षको असार मसान्तसम्ममा कामना सेवा विकास बैंक (KSBBL) ले ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८४.९० प्रतिशत अर्थात ५.८४ गुणा बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ११ करोड ९७ लाख १९ हजार रुपैयाँ यस्तो नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र खुद कमिशन तथा फि आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २२.८३ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ५५.८७ प्रतिशत घटेको छ। जसले गर्दा सञ्चालन मुनाफा ३३४.२२ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्षमा १३ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षमा ४३ करोड ४५ लाख रुपैयाँ धनात्मक भएको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४.४० प्रतिशत, जगेडा कोष ९४.२० प्रतिशत, निक्षेप ३९.३२ प्रतिशत र कर्जा ४९.७७ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ १६ पैसाबाट बढेर २६ रुपैयाँ ४० पैसा पुगेको छ। त्यसैगरी, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसाबाट बढेर १४८ रुपैयाँ ६१ पैसा पुगेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको मूल्य आम्दानी अनुपात २६.२९ गुणा रहेको छ। त्यसैगरी, बैंकको प्राइस टु बुकभ्यालु अनुपात ४.६७ गुणा रहेको छ।

गत साताको अन्तिम कारोबार दिन बैंकको आरएसआई ५१.४२ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बैंकको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य अधिकांश उपकरणहरुमा बैंकको शेयरमूल्य अहिले बुलिश प्रवृत्तिमा रहेको देखिन्छ।

नेप्सेमा २ करोड ६५ लाख १९ हजार ६३७ कित्ता शेयर सूचीकृत रहेको यस बैंकको गत बिहीबार ६९४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार बैंकको कुल बजार पूँजीकरण १८ अर्ब ४० करोड ४६ लाख २८ हजार २८६ रुपैयाँ रहेको छ। बैंकको पछिल्लो १८० दिनेको औषत मूल्य ४८१ रुपैयाँ ७० पैसा रहेको छ। त्यसैगरी, पछिल्लो ५२ हप्ताको उच्च मूल्य ८६६ रुपैयाँ ९० पैसा रहेको छ भने न्यून मूल्य १४० रुपैयाँ रहेको छ।

गत साता बैंकको शेयरमूल्य घट्दो क्रममा देखिएको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्य ६९४ रुपैयाँ रहेको छ। यस अनुसार आगामी दिनमा बैंकको शेयरमूल्य उकालो लागेमा ८०० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, बैंकको शेयरमूल्य ओरालो लागेमा ६०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

पछिल्ला दिनमा बैंकको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी साँघुरिदै गएको छ। यसले बैंकको शेयरमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ।

शेयरमूल्यसँगै बैंकको भोल्यूममा पनि गिरावट देखिएको छ। गत साता बैंकको दैनिक औषतमा २ लाख २४ हजार २९५ कित्ता शेयर खरिदबिक्री भएको थियो। त्यसैगरी, बैंकको पछिल्लो २० दिनेको औषत भोल्यूम ३ लाख ५९ हजार ७७ कित्ता रहेको छ। बैंकको दैनिक औषत भोल्यूम २० दिने औषत भोल्यूमको तुलनामा ३७.५४ प्रतिशत कम हो।

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु बैंकको शेयरमूल्य बढ्ने अपेक्षामा खरिद गरिरहेको संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।