गत साता करिब साढे ५ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Sep 05, 2021 08:38 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे ५ प्रतिशत घटेको छ। अघिल्लो साता ३०९४.०५ विन्दुमा बन्द भएको नेप्से, गत साता ५.४० प्रतिशत अर्थात १६७.१६ अंक घटेर २९२६.८९ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३१०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा भने २८०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई माथिबाट काटेर तल लागेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

गत साता नेप्सेले बियरिस मैनबत्ती बनाएको छ जसलाई इभिनिङ्ग स्टारले पछ्याएको छ। यसले खरिदकर्ता माथि बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ र बजारमा बिक्रीकर्ता बलियो देखिन्छ।

गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा ११ अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने भोल्यूम १५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा ५ दिने औषत भोल्यूम २२.३८ प्रतिशत कम हो।

होटल तथा पर्यटन उपसमूह

गत साता १३ उपसमूहमध्ये एक उपसमूहको मात्र परिसूचक बढेको छ र त्यो हो होटल तथा पर्यटन उपसमूह। अघिल्लो साता ३५४८.५७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत सात ५२.३७ अंक बढेर ३६००.९४ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ३८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा ३४०० विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यद्यपि, ५ दिने इएमए बिस्तारै माथि तर्फ लाग्न थालेको देखिन्छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो हुँदै गएको संकेत गर्दछ।

विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।