‘एनएमबि सरल बचत फण्ड—ई’ मा आवेदन दिने आज अन्तिम दिन

Sep 06, 2021 07:56 AM Merolagani



एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले भदौ १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘एनएमबि सरल बचत फण्ड—ई’ को इकाईका लागि आवेदन दिने आज (भदौ २१ गते) अन्तिम दिन रहेको छ। यो एक खुलामुखी योजना हो।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा निष्काशन गरेको हो। त्यसैगरी, कूल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ। बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।

एनएमबि क्यापिटलका अनुसार भदौ २० अर्थात आइतबार साँझसम्ममा ८० हजार ९६ आवेदनबाट ४ करोड ६१ लाख ५४ हजार ४५० इकाइको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको २ करोड ५० लाख इकाईको १.८६ गुणा भन्दा बढी हो।

यस खुलामुखी फण्डको इकाईमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईका लागि आवेदन दिन सकिनेछ। धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।