‘एनएमबि सरल बचत फण्ड—ई’ मा आवेदन दिने आज अन्तिम दिन

Sep 06, 2021 07:56 AM Merolagani



एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले भदौ १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘एनएमबि सरल बचत फण्ड—ई’ को इकाईका लागि आवेदन दिने आज (भदौ २१ गते) अन्तिम दिन रहेको छ। यो एक खुलामुखी योजना हो।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा निष्काशन गरेको हो। त्यसैगरी, कूल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ। बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।

एनएमबि क्यापिटलका अनुसार भदौ २० अर्थात आइतबार साँझसम्ममा ८० हजार ९६ आवेदनबाट ४ करोड ६१ लाख ५४ हजार ४५० इकाइको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको २ करोड ५० लाख इकाईको १.८६ गुणा भन्दा बढी हो।

यस खुलामुखी फण्डको इकाईमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईका लागि आवेदन दिन सकिनेछ। धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन्।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।