भारतीय शेयर बजार दैनिक नयाँ उचाइमा, एक सातामै दुई हजार अंक बढ्यो, सोमबार ५८ हजार चार सयमा उक्लियो

Sep 06, 2021 11:11 AM Merolagani



भारतीय शेयर बजारले हरेक दिन नयाँ रेकर्ड कायम गर्न थालेको छ। गत साता मात्रै दुई हजारभन्दा बढी अंकले बढेको शेयर बजार यस साताको पहिलो दिन नै पुनः नयाँ रेकर्ड उन्मुख देखिएको छ।

सोमबार खुलेको शेयर बजारले कारोबारको सुरुवातै तीन सय अंकको उचाइ कायम गरेको छ। भारतका दुवै प्रमुख शेयर बजारले सोमबार नयाँ उचाइका साथ कारोबार सुरु गरेका छन्। भारतको प्रमुख शेयर बजार बिएससि सेन्सेक्स तीन सय अंकको वृद्धि सँगै ५८ हजार तीन सय ४० अंकमा उक्लिएको छ भने नेशनल स्टक एक्सचेन्जको सूचक १७ हजार चार सयमा कारोबार भइरहेको छ। यो हालसम्मकै सर्वाधिक अंकको रेकर्ड हो।

गत साता मात्रै बजारले दुई हजार अंक भन्दा बढीको वृद्धि कायम गरेको थियो।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।