अर्थमन्त्री र गभर्नरबीच टेलिफोन वार्ता, ‘आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउँछौं,’ गभर्नर

Sep 06, 2021 01:20 PM Merolagani



शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरबीच टेलिफोनमा कुराकानी भएको छ ।

उक्त कुराकानीमा गभर्नर महाप्रसाद अधिकारीले आवश्यक प्रक्रिया मिलाएर परिस्थिति सहज बनाउने बताएका छन् ।

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन् ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पूँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन् ।

मन्त्री शर्माले कहाँ के सुधार गर्नुपर्ने हो? त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई सुझाव दिएका थिए ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।