अग्नि सापकोटालाई सभामुख मानेर जान नसकिने : ओली

Sep 08, 2021 02:25 PM merolagani



प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गराउन भुमिका खेलेको भन्दै सभामुखलाई यथास्थितिमा मानेर जान नसकिने बताएका छन् ।

बुधवार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुख सापकोटा एमाले फुटाउने अपराधिक, असंवैधानिक र गैर कानूनी काममा संलग्नता रहेको भन्दै आफुहरु सभामुखलाई निष्पक्ष रुपमा मानेर अगाडी बढ्न नसक्ने बताए । उनले सभामुखको एमाले विरोधी गतिविधिको विरुद्धमा एमालेको गम्भिर प्रश्न रहेको उल्लेख गर्दै सभामुखलाई निष्पक्ष मानेर संसद चल्न नसक्ने पनि स्पष्ट पारे ।

अध्यक्ष ओलीले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका पूर्व एमालेका १४ जना सांसदलाई पार्टीबाट निष्काशन गरिएको भन्दै संसद बैठकमा ती गैर सांसदहरुको उपस्थिति आफुहरुलाई मान्य नहुने पनि बताए । सभामुखले कसैलाई सांसदबाट निष्काशन गर्ने र कसैलाई नगर्ने पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उनले माधव नेपाल लगायतका सांसदहरु बैठकमा आउने भए रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरी लगायतका सांसदहरु पनि संसद बैठकमा आउन पाउनुपर्ने बताए ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।