एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भईरहेको छ:प्रचण्ड

Sep 08, 2021 02:57 PM merolagani



सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भईरहेको बताएका छन् । अध्यक्ष दाहालले एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षडयन्त्र देश भित्र र देश बाहिरका प्रतिक्रियावादीहरुले गरिरहेको बताए ।

सुरेश वाग्ले र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यथास्थितिमा एमसीसी सम्झौंता पारित गर्न नसकिने अडान पनि दोहो¥याए । अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनलाई बचाएर राष्ट्रलाई क्षति नहुने गरी एमसीसी सम्झौंता अघि बढाउन आफूले चाहेको पनि स्पष्ट पारे ।

तर अर्को वर्ग पूरै तागतका साथ यो गठबन्धनलाई कसरी तोडने ? भनेर लागि परेको उहाँको दावी छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।