तीन वटा निर्वाचन लगातार जितेर १५ वर्षमा देश बनाउने विपी कोेईरालाको परिकल्पनालाई सम्बोधन गर्न पनि आफूले पार्टी भित्रका सबै नेता र कार्यकर्ताको साथ, सहयोग र समर्थन पाएर पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने योजना बनाएको उनले स्पष्ट पारे । प्रवक्ता शर्माले एउटा निर्वाचन जित्ने अर्को निर्वाचन हार्ने निरन्तरको श्रृखंला काँग्रेसको रहेको स्मरण गराउँदै त्यसले देश नबन्ने र त्यसको भागीदार काँग्रेस हुनुपर्ने अवस्था आउन नदिन पनि आफूले पार्टीलाई महामन्त्रीको जिम्मेवारीमा रहेर हाँक्ने चाहेको पनि बताए ।
प्रवक्ता शर्माले मुलुकलाई निर्माण गर्ने गरी साझा दृष्टिकोणका साथ अघि बढन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । कम्युनिष्टहरुलाई गाली गरेर होईन् नेपाली जनतामा विद्यमान रोग र भोकको समस्या समाधान गरेर काँग्रेस अघि बढनुपर्नेमा उनको जोड छ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । काँग्रेस युवा नेता गगन थापाले सोही महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । काँग्रेसको बिधानमा २ जना महामन्त्री हुने व्यवस्था गरिएको छ । काँग्रेस वृतमा महामन्त्रीका लागि युवा नेता प्रदीप पौडेलले पनि उम्मेदवारी दिने चर्चा छ ।