नबिल ब्यालेन्स्ड फण्डको इकाईका लागि आजदेखि आवेदन दिन सकिने

Sep 10, 2021 07:59 AM Merolagani



नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले अर्को म्युचुल फण्ड निष्काशनमा ल्याएको छ। कम्पनीले नबिल ब्यालेन्स्ड फण्ड ३ निष्काशनमा ल्याएको हो।

सो फण्डको इकाईका लागि आज अर्थात भदौ २५ गतेदेखि आवेदन दिन सकिनेछ। कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाईमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असोज ८ गतेसम्म आवेदन म्याद थप हुनेछ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।