गोर्खाज फाइनान्सको साधारण सभाको मिति तय

Sep 10, 2021 10:58 AM Merolagani



गोर्खाज फाइनान्स लिमिटेडले १६ औँ वार्षिक साधारण सभा आयोजना गर्न मिति तोकेको छ। फाइनान्सले असोज १८ गते भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट सञ्चालन गरिनेछ।

फाइनान्सले यस अघि भदौ २४ गते साधारण सभा डोकेको थियो। तर विशेष कारणबस सो सभा स्थगित गर्नु परेको थियो। फाइनान्सले सोही सभा आयोजना गर्न लागेको हो।

सभाले प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले बैशाख ६ गतेदेखि २१ गतेसम्म बुकक्लोज गरेको थियो। यस अनुसार बैशाख ५ गतेसम्म नेप्सेमा कारोबार कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।