साधना लघुवित्तको लाभांश घोषणा, बोनस कति?

Sep 10, 2021 11:11 AM Merolagani



साधना लघुवित्त वित्तीय संस्था लिमिटेड(SDLBSL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको भदौ २४ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई प्रतिशेयर २५ प्रतिशत अर्थात ६ करोड ४२ लाख ४५ हजार १०० रुपैयाँ बराबरकाे बोनस शेयर र १.३२ प्रतिशत अर्थात ३३ लाख ८१ हजार ३२१ रुपैयाँ नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछन्।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।