साधना लघुवित्तको लाभांश घोषणा, बोनस कति?

Sep 10, 2021 11:11 AM Merolagani



साधना लघुवित्त वित्तीय संस्था लिमिटेड(SDLBSL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको भदौ २४ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई प्रतिशेयर २५ प्रतिशत अर्थात ६ करोड ४२ लाख ४५ हजार १०० रुपैयाँ बराबरकाे बोनस शेयर र १.३२ प्रतिशत अर्थात ३३ लाख ८१ हजार ३२१ रुपैयाँ नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।