फोर्डद्धारा भारतमा आफ्नो उत्पादन बन्द गर्ने घोषणा, नेपालमा के हुन्छ ?

Sep 10, 2021 04:08 PM merolagani



फोर्डले भारतमा आफ्नो उत्पादन बन्द गर्ने घोषणा गरेको छ । अमेरिकी अटोमोवाइल कम्पनी फोर्ड सन् १९९४ बाट भारतमा कार उत्पादन गर्दै आएको थियो । तर,फोर्डले आफ्नो सम्पूर्ण उत्पादन बन्द गर्ने घोषणा गरेको हो ।भारतीय सञ्चारमाध्यम अनुसार यही वर्ष सन् २०२१ को चौथो क्वाटरबाट उत्पादन रोक्ने भएको हो ।

त्यस्तै निर्यात बजारको लागि सन् २०२२ को दोस्रो क्वाटरबाट रोक्ने जनाएको छ । भारतीय बजारमा फोर्ड गाडीको माग नहुँदा नोक्सानी व्योर्होनु परेको जनाएको छ ।

भारतमा फोर्डको दुईवटा प्लान्ट संचालनमा थिए । दुबै प्लान्टको मिलाउँदा करिब ४ लाख यूनिट उत्पादन क्षमता रहेको बताइएको छ ।

विगत १० वर्षमा २ विलियन डलर घाटामा गएसँगै कम्पनीले उत्पादन रोक्ने घोषणा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उत्पादन बन्द गरेपनि भारतमा गाडी ल्याएर बेच्ने योजनामा कम्पनी छ ।

भारतमा उत्पादन बन्दले नेपालमा पनि प्रभाव पर्ने जनाइएको छ । कम्पनीले ह्याचव्याक र सियूभी गाडी आयात प्रभावित हुने तर, अन्य सबै गाडी नेपाल आउने छन ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।