गत साता करिब ५१ अंक घटेको नेप्से, यस साता के होला?

Sep 12, 2021 08:38 AM Merolagani



गत साता नेप्से परिसूचक करिब ५१ अंक घटेको थियो। अघिल्लो साता २९२६.८९ विन्दुमा बन्द भएको नेप्से, गत साता ५०.९२ अंक घटेर २८९५.९७ विन्दुमा झरेको छ।

साताका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो अंक गुमाएको हो।
यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से परिसूचक ओरालो लागेमा भने २८४० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेमा बुलिश स्पीनिङ्ग टप मैनबत्ती बनेको छ। यसले गत साता बजारमा बिक्रीकर्ता र खरिदकर्ता बराबर रहेको तर बिक्रीकर्ताहरुले आफ्नो मोमेन्टम गुमाइरहेको संकेत गर्दछ।

गत साता पनि नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा तल नै रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम अझै कमजोर रहेको संकेत गर्दछ।

 

नेप्सेसँगै गत साता भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा कुल ८ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्युम १४ अर्ब रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्युम ३९.६५ प्रतिशत कम हो।

जलविद्युत उपसमूह

गत साता १३ उपसमूहमध्ये २ उपसमूहको मात्र परिसूचक उकालो लागेको थियो। जसमध्ये सबैभन्दा बढी जलविद्युत उपसमूहको परिसूचक बढेको थियो। अघिल्लो साता ३३३०.३२ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता २४.३४ अंक बढेर ३३५४.६६ विन्दुमा पुगेको थियो।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ३५०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ३२०० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेको जस्तै यस उपसमूहको ५ दिने इएमए पनि २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ। यद्यपि, गत साता यी दुई इएमए बीचको दूरी केही साँघुरिन थालेको देखिन्छ।

विस्तृत प्राविधिक विश्लेषण मेराेलगानी न्यूजलेटरमा

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरुले लगानीको निर्णय गर्नु अघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।