लाभांश पारित गर्न नेपाल ल्युव आयलको साधारण सभा आह्वान, कति दिँदैछ लाभांश?

Sep 12, 2021 08:34 AM Merolagani



नेपाल ल्युव आयल (NLO) ले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असोज १८ गते सोमबार बिहान ११ः३० बजे संस्थाको कार्यालय झम्सिखेल ललितपुरबाट भच्र्युअल माध्यममा २९ औं वार्षिक साधारण सभा बोलाएको हो।

साधारण सभाले सञ्चालक समितिले सिफारिस गरेको ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश शेयरधनीहरुका लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ। त्यस्तै, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

यसैगरी, साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनी आय विवरण, नगद प्रवाहलगायतका बिषयमा छलफल गरी पारित गर्दैछ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ५ गतेदेखि १८ गते सम्म बुक क्लोज गर्ने जनाएको छ। त्यस अनुसार असोज ४ गते सम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।