सवारीसाधन आयातलाई कस्दै सरकार, एसेम्बल उद्योग राख्ने अटो कम्पनीलाई प्रोत्साहन

Sep 12, 2021 01:43 PM merolagani

सरकारले विदेशबाट आयात हुने सवारीसाधनलाई कस्दै नेपालमै एसेम्बल उद्योग राख्ने अटो कम्पनीलाई प्रोत्साहन गर्दै अघि बढ्ने नीति लिएको छ ।अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधि सभामा पेश गरेको प्रतिस्थापन अध्ययादेश बजेटमा अटो व्यवसायीले माग गर्दै आएको बिषयलाई सम्बोधन गर्दै एसेम्बल उद्योगलाई प्राथामिता दिएका हुन ।

गत जेठमा चालू आर्थिक बर्षको बजेट ल्याउने क्रममा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलसमक्ष नेपालमा एसेम्बल उद्योग राख्दा कम्तीमा ५० प्रतिशत अन्तशुल्क छुट पाउनुपर्ने माग राखेका थिए । तर,पौडेलले विद्युतिय सवारी आयातमा सहुलिएत दिएपनि एसेम्बलिङको बिषयमा कुनै निर्णय गरेका थिएनन ।

अहिले अध्यादेश बजेट मार्फत नेपालमै सम्पूर्ण सवारीको एसेम्बल उद्योगलाई बढाएर लैजाने नीति लिएको हो । यस अघि एसेम्बलका लागि आयात गरिने चारपांग्रे र ठूला सवारीमा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत र मोटरसाइकलमा २५ प्रतिशत छुट दिइएको थियो ।

तर, अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेटले नेपालमा सबै प्रकारका सवारीको एसेम्बल गर्दा सवारीसाधनमा लाग्ने अन्तःशुल्क समेत ५० प्रतिशत छुट दिने निर्णय गरेका छन् ।

एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने बजेट आएपनि विदेशबाट पूर्णरुपमा निर्माण भएर नेपाल भित्रने सवारीलाई सरकारले निरुत्साहित गर्ने नीतिका साथ अघि बढेको छ ।

जसमा शुक्रबार आएको अध्यादेश बजेटमा मोटरसाइकलमा लाग्दै आएको करको दरपनि बढेको छ । हाल नेपालमा दुई ओटा दुईपाग्रे अटो कम्पनीले मात्रै एसेम्बल उद्योग सञ्चालन गरिरहेका छन ।

नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले बजेटमा समावेश भएर मात्रै नहुने र स्थिर नीति भए अब नेपालमा एक दर्जन भन्दा बढी कम्पनीले नेपालमै सवारीसाधन उत्पादन थाल्ने बताए ।
उनका अनुसार बजेटमा आएर मात्रै हुँदैन ।

‘अहिलेको राजनीतिक घटना क्रम हेर्दा सरकार बदलिने क्रम जारी छ र स्थिर सरकार नभएको कारण उद्योगी विस्वस्त हुन सकेका छैनन’ उनले भने ‘एउटा सरकारले गरेको निर्णय अर्को सरकारले खारेज गर्ने क्रम बढ्काले व्यवसायीले स्थिर नीति खोजिरहेका छन’ ।

प्रतिस्थापन विधेयमा मोटरसाइकलको वर्गीकरण नै परिवर्तन गरिएको छ । १२५ सीसीसम्मका मोटरसाइलमा ४० प्रतिशत, १२५ देखि दुई सय सीसीसम्म ५० प्रतिशत र २ सयदेखि २५० सीसीका मोटरसाइकलमा ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरेको जानाएको छ ।

यसअघि १५५ सीसीको मोटरसाइकलमा ४० प्रतिशत अन्तशुल्क र १५५ सीसीदेखि २५० सीसीसम्मका मोटरसाइलमा ४० प्रतिशत नै अन्तशुल्क लाग्दै आएको थियो । त्यस्तै ५ सयदेखि ८ सय सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तशुल्क थियो । अहिले यो वर्गका मोटरसाइकलमा १०० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था सरकारले गरेको छ ।

योसँगै हाल नेपाल भित्रिरहेका पूर्ण निर्मित सवारीसाधनको मूल्य बढ्ने छ भेन नेपालमा एसेम्बल भइरहेका सवारीसाधनको मूल्य भने बढ्ने छैन ।

गत महिना महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा सवारी एसेम्बल गर्ने भन्दै निज पैठारीकर्ताले मोटरसाइकलहरू सीकेडी अवस्थामा ल्याई सरकार बाट पाउने छुट लिएको तर, ग्राहकलाई कुनै फाइदा नभएको जनाएको छ ।

एसेम्बल गर्दा ३.८१ प्रतिशत मूल्य अभिवृद्धि भएको र सरकारले पैठारीकर्तालाई लाग्ने अन्तःशुल्कमा २५ प्रतिशत छुट व्यवसायीले लिएको प्रतिवेदनले जनाएको छ ।

दिएको राजस्व छुट बरावरको पनि मूल्य अभिवृद्धि नहुँदा राजस्व छुटको लाभ पैठारीकर्ताले मात्र प्राप्त गरेको तर, सोबाट अर्थतन्त्र र उपभोक्तालाई योगदान नपुगेको महालेखाले जनाएको छ ।

अहिलेपनि नेपालमै एसेम्बल भइरहेको सवारीसाधनको मूल्य विदेशबाट पूर्णरुपमा निर्मित भएर आएका सवारीसाधनको जतिनै मूल्य बढाइरहेका छन ।

विगत दुई बर्षदेखि बजाज, टिभिएसले नेपालमै भारतबाट पार्टपूर्जा ल्याएर नेपालमा एसेम्बलिङ प्लान्ट स्थापना गरेका छन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।