महालक्ष्मी लाइफले   "युवासँग- महालक्ष्मी लाइफ" बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने

Sep 12, 2021 12:44 PM Merolagani



महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत "युवासँग महालक्ष्मी लाइफ" सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको छ ।

कम्पनीको संचालक समितिको भाद्र २५ गतेको निर्णय अनुसार असोज महिनादेखि देशव्यापी बीमा जागरण कार्यक्रम संचालन गर्न लागेको हो । दुई वर्षे यस अभियानमा आर्थिक वर्ष २०७८/७९ भित्र २५ वटा जिल्ला र आर्थिक वर्ष २०७९/८० मा बाँकी जिल्लामा कार्यक्रम संचालन गरिने कम्पनीको तयारी छ ।

यो कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्ययन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिनेछ । "काम गरि आय आर्जन गर – बीमा गरी सुरक्षित बन"  भन्ने मुल विषय वस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवी र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराइको संयोजकत्वमा देश भरिका कम्पनीका बरिष्ठ अधिकृत तथा  अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समिति गठन गर्ने र जिल्ला जिल्लामा प्रभावकारी रुपमा बीमा जागरण कार्यक्रम संचालन गर्न कम्पनीको जिल्ला स्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिनेछ ।

प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरुले कार्यक्रमको निर्धारण, संचालन र अनुगमन गर्नेछन । यही आश्विन पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरुको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रीय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।