यसरी कति दिन संसद चलाउन हुन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री देउवाकाे जवाफ- ‘ओलीजीलाई सोध्नू’

Sep 12, 2021 04:37 PM merolagani



प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सूचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भएको बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सभामुख अग्नीप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउने षडयन्त्रमा प्रत्यक्ष संलग्न भएको भन्दै आईतबारको प्रतिनिधिसभा बैठक पनि चल्न दिएन । संसद बैठक लगातार अवरुद्ध भईरहेका बेला प्रधानमन्त्री देउवाले संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै संसद बैठक सुचारु कहिले हुन्छ ? भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न गरे । सञ्चारकर्मीहरुले ‘प्रधानमन्त्रीज्यू, यसरी कति दिन संसद चलाउन हुन्छ ?’ भनि प्रश्न गरेका थिए । उनले त्यसको जवाफ दिँदै संक्षेपमा भन्नु भयो, ‘ओलीजीलाई सोध्नू’ ।

एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निष्काशन गरेका सांसदलाई संसद बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिँदै आएको छ । आईतबारको बैठक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौं २९ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।