अर्थमन्त्री शर्माले गत शुक्रबार संसदमा पेश गरेको अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकहरुको सन्दर्भमा जानकारी दिन अर्थमन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर पनि सहभागी भएका थिए । त्यहा उनीहरुबीच भेट भएको थियो । तर, गभर्नरले १२ कराेडका सम्बन्धमा राष्ट्र बैंकले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा जानकारी गराउने बताए ।
अर्थमन्त्रीले केही दिन पहिला टेलिफोनमार्फत गभर्नरलाई १२ करोडको सीमालाई व्यवस्थापन गर्न निर्देशन दिएका थिए । तर, गभर्नरले त्यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । राष्ट्र बैंकले भने आगामी मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा मात्रै उक्त बिषयमा कुनै परिवर्तन गर्न वा नगर्न पनि सकिने प्रतिक्रिया दिँदै आएको छ ।
मौद्रिक नीति मार्फत १२ करोडको क्याप लगाएरपछि शेयर बजार निरन्तर ओरालो लाग्दै गएपछि अर्थमन्त्रीले शेयर बजारलाई थामथुम पार्न गभर्नर टेलिफोन गरेको कुरा बाहिर आएको थियो । राष्ट्र बैंकले साउन २९ गते ल्याएको मौद्रिक नीतिमा एक व्यक्तिले एक बैंकबाट ४ करोड र बढीमा ३ बैंकबाट १२ करोड भन्दा बढी शेयर धितोकर्तामा ऋण नदिने व्यवस्थालाई कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ ।
गभर्नरले १२ करोडका बारेमा केही नबोले पनि उक्त पत्रकार सम्मेलनमा अर्थमन्त्रीले भने शेयर बजारका ४२ लाख लगानीकर्ताको लगानी रक्षा गर्नु पर्ने बताए ।