कोरोना बीमाको रकम निकासामा ढिलाई हुने अर्थमन्त्री शर्माको संकेत

Sep 12, 2021 06:17 PM Merolagani



अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको दाबी भुक्तानी वापतको रकम निकासा हुन अझै ढिलाई हुने संकेत गरेका छन् । प्रतिस्थापन विद्येयकको बारेमा पत्रकार सम्मेलनमा उनले रकम निकासामा ढिलाई हुने संकेत गरेका हुन् ।

अर्थमन्त्री शर्माले कोरोना बीमाको दाबी भुक्तानीको दायित्व सरकारमा ठुलो परेको बताए । ‘सरकारको भागमा ११ अर्ब रुपैयाँ पुगिसकेको छ । अझै दैनिक दायित्व थपिने क्रम छ,’ उनले भने, ‘एक दुई अर्ब रुपैयाँ भए हामी दिन्थ्यौ । अब एक दुई अर्ब रुपैयाँ पनि कसलाई दिने कसलाई नदिने भन्ने कुरा हुन्छ ।’

त्यस विषयलाई गम्भिर रुपले लिएको बताउँदै उनले विस्तारै छलफल गरेर अघि बढ्ने बताए ।

कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरु, निर्जीवन बीमा, बीमा समिति र बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरिसकेको छ ।

तर सरकारको दायित्वमा पर्ने रकम निकासामा भने अर्थमन्त्रालयले आलटाल गर्दै आईरहेको छ ।

अर्थमन्त्रालयले सरकारको दायित्वमा परेको रकम निकासा नगर्दा बर्षौदेखि बीमितहरुले दाबी वापतको रकम पाएका छैनन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।