कोरोना बीमाको रकम निकासामा ढिलाई हुने अर्थमन्त्री शर्माको संकेत

Sep 12, 2021 06:17 PM Merolagani



अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको दाबी भुक्तानी वापतको रकम निकासा हुन अझै ढिलाई हुने संकेत गरेका छन् । प्रतिस्थापन विद्येयकको बारेमा पत्रकार सम्मेलनमा उनले रकम निकासामा ढिलाई हुने संकेत गरेका हुन् ।

अर्थमन्त्री शर्माले कोरोना बीमाको दाबी भुक्तानीको दायित्व सरकारमा ठुलो परेको बताए । ‘सरकारको भागमा ११ अर्ब रुपैयाँ पुगिसकेको छ । अझै दैनिक दायित्व थपिने क्रम छ,’ उनले भने, ‘एक दुई अर्ब रुपैयाँ भए हामी दिन्थ्यौ । अब एक दुई अर्ब रुपैयाँ पनि कसलाई दिने कसलाई नदिने भन्ने कुरा हुन्छ ।’

त्यस विषयलाई गम्भिर रुपले लिएको बताउँदै उनले विस्तारै छलफल गरेर अघि बढ्ने बताए ।

कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरु, निर्जीवन बीमा, बीमा समिति र बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरिसकेको छ ।

तर सरकारको दायित्वमा पर्ने रकम निकासामा भने अर्थमन्त्रालयले आलटाल गर्दै आईरहेको छ ।

अर्थमन्त्रालयले सरकारको दायित्वमा परेको रकम निकासा नगर्दा बर्षौदेखि बीमितहरुले दाबी वापतको रकम पाएका छैनन् ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।