अपर तामाकोशीले एकैपटक डाक्यो दुई आर्थिक वर्षको साधारण सभा

Sep 13, 2021 07:54 AM Merolagani



अपर तामाकोशी हाइड्रोपावर लिमिटेड (UPPER) ले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ। कम्पनीले असोज १९ गते बाह्रौँ र तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो।

कम्पनीले नेपाल विद्युत प्राधिकरण, दरबारमार्गमा बिहान ११ः३० बजे सभा डाकेको हो। सो सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने कम्पनीले जनाएको छ।

सभाले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिनन सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्नेछ। यसका साथै, दुबै आर्थिक वर्षको नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।