आन्दोलनरत शेयर लगानीकर्तालाई अर्थ मन्त्रीले पनि भेट्न बोलाए, अर्थमन्त्रीले बोलाएपछि राष्ट्र बैक भोलि जाने

Sep 13, 2021 02:54 PM merolagani



नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा सहितका माग गर्दै सडकमा उत्रिएका लगानीकर्तालाई अर्थमन्त्रीले समेत भेट्न बोलाएका छन्।अर्थमन्त्रीले भेट्न बोलाएपछि आन्दोलनरत लगानीकर्ता भोलि राष्ट्र बैक जाने निर्णय गरेका छन्।

“आजै राष्ट्र बैक जाने हाम्रो योजना थियो। तर अर्थ मन्त्रीले चार बजेको समय दिएपछि पहिले अर्थ मन्त्रीलाई भेट्ने अनि मात्रै राष्ट्र बैक जाने निर्णय भएको छ। राष्ट्र बैक भोलि जाने निर्णय गरेका छौ” आन्दोलनरत लगानीकर्ताहरूको समूह पूँजी बजार सङ्घर्ष समितिका अगुवा दीपेन्द्र अग्रवालले मेरो लगानीसँग भने।

गत भदौ २१ गते मोटर साइकल र्‍याली गर्दै आन्दोलनको सुरुवात गरेका लगानीकर्ता समूहले २३ गतेदेखि रिले अनसन गरिरहेका छन्। उनीहरूले माइतीघर मण्डलामा रिले अनसनलाई निरन्तरता दिँदै आएका छन्। गभर्नर अधिकारीको राजीनामाको प्रमुख माग सहित अनसनमा बसेका लगानीकर्ताले माग पुरा नभए भदौ ३० देखि आमरण अनसन बस्ने अग्रवालले जानकारी दिए।

मौद्रिक नीतिमा १२ करोडको क्याप लागेपछि लगानीकर्ता असन्तुष्ट छन्। पूँजी बजार विरोधी नीति ल्याएको भन्दै उनीहरूले राजीनामा सहित निर्देशन सच्याउनु पर्ने प्रमुख माग राखेका छन्।  रामकृष्ण ढकालको संयोजकत्वमा लगानीकर्ताहरूले पूँजी बजार सङ्घर्ष समिति मार्फत माइतीघरमा आन्दोलन गरिरहेका छन्। 

 

 हेर्नुहोस् १८ बुँदे माग

 





पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।